काठमाडौं– यु–१८ साफ च्याम्पियनसिपमा नेपाल समूह एमा परेको छ । घरेलु मैदानमा आयोजना हुन लागेको च्याम्पियनसिपमा नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्नेछ ।
बिहीबार सार्वजनिक तालिकाअनुसार समूह एमा नेपालसँगै पाकिस्तान, भुटान र माल्दिभ्स छन् । त्यसैगरी, समूह बीमा बंगलादेश, भारत र श्रीलंका छन् ।
नेपालले पहिलो खेल पाकिस्तान, दोस्रो खेल माल्दिभ्स र अन्तिम खेल भुटानसँग खेल्नेछ । समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन् ।
असोज ३ गतेबाट १२ गतेसम्म चल्ने यू–१८ साफ च्याम्पियनसिप हलचोकस्थित सशस्त्रको खेल मैदानमा हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।