त्रिशुलीमा बस खस्दा तीनको मृत्यु

काठमाडौं– सर्लाहीबाट काठमाडौं आइरहेको ना ६ ख ७४६९ नम्बरको बस त्रिशुलीमा खस्दा ३ जनाको मृत्यु भएको छ । १४ जना घाइतेको उद्धार भएको छ । 

धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेका अनुसार क्षतिको विवरण आउन केही समय लाग्नेछ । दुर्घटनामा केही व्यक्तिहरु गम्भीर घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । 

बस दुर्घटनामा पर्नुको कारण चालक निदाउनु भएको हुनसक्ने अनुमान गरिएको छ । बसमा कतिजना यात्रु थिए भन्ने अहिलेसम्म खुलिसकेको छैन ।\





  • प्रकाशित मिति : साउन २४, २०७६ शुक्रबार ९:५४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया