जम्मु कश्मिर मुद्दामा बोले राष्ट्रसंघका महासचिव एन्टोनियो

एजेन्सी¬ पछिल्लो समय जम्मु र कश्मिरमा भारतले अनुच्छेद ३७० लाई निष्प्रभावी गरेपछि विश्वभर यस विषयमा चर्चा हुन थालेको छ । यो चर्चा अब संयुक्त राष्ट्रसंघसम्म पनि पुगेको छ । 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यी दुई देशको मुद्दामा सकेसम्म सबैभन्दा धेरै संयम अपनाउनु पर्ने बताएका छन् । 

गुटेरेसले बरु यो मुद्दालाई समाधान गर्नका लागि सन् १९७२ मा भएको सिमला सम्झौताको प्रसंगलाई पनि ख्याल गर्न सकिने बताएका छन् । 

भारतले जम्मु कश्मिरलाई विशेष दर्जा दिने अनुच्छेद ३७० को अधिकांश प्रावधानलाइ निलम्बन गरिदिएको छ । यसले पाकिस्तानमा पनि हलचल मच्चाएको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अब यो मुद्दामा संयुक्त राष्ट्रसंघमा जाने र अन्य विभिन्न मन्चमा पनि यो विषयमा आफूहरु बोल्ने बताएका छन् । 

अर्कोतिर भारतले यसलाई आफ्नो देशको आन्तरिक मुद्दा भन्दै अन्य आरोप तथा विरोधहरुलाई खारेज गरिदिएको छ ।



महासचिव गुटेरेसले भारत र पाकिस्तानबीच सन् १९७२ मा भएको सिमला सम्झौताको विषय निकालेपछि यो विषयले नयाँ मोड लिने अनुमान गरिएको छ ।



  • प्रकाशित मिति : साउन २४, २०७६ शुक्रबार ११:३८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया