पहिराेकाे जाेखिममा उदयपुरका ६ गाउँ

उदयपुर– जिल्लाको रौतामाई गाउँपालिका क्षेत्रका आधादर्जन गाउँ अहिले पहिरोको कारण उच्च जोखिममा परेका छन् । 

गाउँपालिको वडा नं ५ आँपटारस्थित पोखरी गाउँ पहिरोका कारण अन्यत्र सार्नुपर्ने अवस्था आएको गाउँपालिकाका अध्यक्ष गजेन्द्रकुमार खड्का बताउँछन् । 

गाईघाट दिक्तेल सडकखण्ड अन्तर्गत पर्ने पोखरी गाउँको माथिल्लो भाग चर्किएर पहिरो खस्न थालेपछि अब यहाँका सम्पूर्ण घर नै अन्यत्र सर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । 

यस्तै अँधेरी, छामलिङ, रानीवास क्षेत्रका गाउँ पनि पहिरोका कारण जोखिममा परेपछि गाउँले निकै त्रसित अवस्थामा रहेको वडा नं ५ का वडाध्यक्ष पाण्डव राई बताउँछन् । 

केही दिनअघि आएको भीषण वर्षाका कारण गाईघाट दिक्तेल सडकअन्तर्गत सो क्षेत्रमा पर्ने गाउँको माथिबाट पहिरो खस्न थालेपछि गाउँलेहरु त्रसित बनेका हुन् । 

जिल्ला प्रशासन कार्यालयसहित प्रदेश सरकारको समेत ध्यानाकर्षण गराएर स्थानीयवासीलाई सतर्क बस्न आग्रह गरिएको र धेरै जोखिमपूर्ण रहेका क्षेत्रमा गाउँ अन्यत्र सार्न वा अन्य विकल्पको खोजी गर्नेबारे तत्कालै अध्ययन सुरु गरेको अध्यक्ष खड्काको भनाइ छ । 





  • प्रकाशित मिति : साउन २५, २०७६ शनिबार १५:०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया