भारतीय पूर्ववित्तमन्त्री अरुण जेटली आइसियूमा

एजेन्सी–  भाजपाका वरिष्ठ नेता तथा पूर्ववित्तमन्त्री अरुण जेटली दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)को आइसियूमा भर्ना भएका छन् । 

शुक्रबार बिहान श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । अस्पतालले हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको छ ।

मिर्गौला प्रत्यारोपण गराएका ६६ वर्षीय जेटली अस्पताल भर्ना भएपछि प्रधानमन्त्री नरेन्द्र मोदी, स्वास्थ्यमन्त्री हर्षबर्धन उनलाई भेट्न अस्पताल पुगेका थिए ।

मोदी नेतृत्वको पहिलो सरकारमा वित्तमन्त्री रहेकाउनको मिर्गौला प्रत्यारोपण गरेका कारण वेलावेलामा स्वास्थ्यमा समस्या देखिने गरेकाे छ । 





  • प्रकाशित मिति : साउन २५, २०७६ शनिबार १६:३०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया