जनता दोहोरो करको मारमा परेकोमा दाहालको असन्तुष्टि

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता दोहोरो करको मारमा परेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । चौथो समुदायिक वन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो असन्तुष्टि राखेका हुन् ।

जनताले एउटै विषयमा दोहोरो वा तेहरो कर तिनुपर्ने अवस्था आएको भन्दै उनले गाउँगाउँमा सिंहदरबार भनिए पनि कतिपय ठाउँमा उल्टो भएको बताए ।  उनले भने, ‘सबैले कर लगाएर जनताको थाप्लोमा करको भारी थोपर्न तीन तहको सरकार स्थापना गरेको होइन ।’

संघीय लोकतान्त्रिक गणतन्त्रले जनताको अधिकार स्थापित गर्छ भन्ने विश्वासमाथि प्रश्न उठ्ने भन्दै उनले तीन तहको सरकारले एउटै विषय कर लगाउँदा आफैँलाई विडम्बना लागेको बताए । भने, ‘रोपेको एउटा थियो, अर्कै उम्रिन खोजेको छ ।’

सबै सरकारले विधेयक बनाउने क्रममा आपसमा बाझिनसक्ने भन्दै प्रचण्डले सामुदायिक वनलाई दोहोरो कर लगाउन नदिइने आश्वासन दिए ।





  • प्रकाशित मिति : साउन २५, २०७६ शनिबार १६:५०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया