'साहो'को ट्रेलर– एक्सन, स्टन्ट, सस्पेन्स, प्रभास–श्रद्धा रोमान्स

नयाँ दिल्ली– बाहुबली स्टार प्रभास अभिनीत बहुप्रतिक्षित भारतीय फिल्म ‘साहो’को ट्रेलर सार्वजनिक भएको छ । मल्टिस्टारर फिल्म साहोको ट्रेलरमा उच्च प्रविधियुक्त एक्सनका बीच प्रभास र श्रद्धा कपुरको रोमान्स देखाइएको छ ।

ट्रेलरमा प्रभासका खतरनाक स्टन्टहरु देख्न सकिन्छ । ट्रेलर हेर्दा यो फिल्म एक्सन, स्टन्ट, सस्पेन्स र रोमान्सले भरिपूर्ण भएको अनुमान गर्न सकिन्छ । भिएफएक्स टेक्नोलोजीको प्रयोगमा पनि यो फिल्म निकै अगाडि भएजस्तो देखिन्छ । 

साढे ३ अर्ब भारु बजेटमा निर्देशक सुजितले झन्डै दुई वर्ष लगाएर तयार गरेको यो फिल्मलाई दक्षिण भारतीय सिनेमा उद्योग ‘टलिउड’को अहिलेसम्मकै सबैभन्दा महँगो फिल्म भनिएको छ । 

एकैसाथ विभिन्न भाषामा रिलिज गर्न लागिएको फिल्मको ट्रेलर पहिलो चरणमा तामिल, तेलुगुमलयालम भाषामा रिलिज भएको छ । 

प्रभास र श्रद्धाका अतिरिक्त फिल्ममा ज्याकी श्राफ, महेश मान्जरेकर, चंकी पान्डे, नील नितिन मुकेशलगायतको अभिनय छ । 

युभी क्रिएसन र टी–सिरिजको संयुक्त ब्यानरमा निर्मित फिल्म हिन्दी, तामिल र तेलुगु भाषामा सँगसँगै छायांकन गरिएको थियो । हिन्दीमा भने ट्रेलर सार्वजनिक भइसकेको छैन । 





  • प्रकाशित मिति : साउन २५, २०७६ शनिबार १९:१३:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया