प्रमुख निर्वाचन आयुक्तको गीत ट्रेन्डिङमा

काठमाडौं– सरकारले रिक्त रहेका विभिन्न स्थानमा उपनिर्वाचनको समय तोकेको छ । त्यसैले निर्वाचन आयोगमा अब चटारो बढेको छ । यही व्यस्तताका बीच प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई विशेष खुसी पनि मिलेको छ । यो खुसी दिएको हो, उनको गीतले । 

उनले लेखेको गीत मायालु तिमी कता छौ युट्युबमा निकै लोकप्रिय भएको छ । गीत युट्युबमा राखिएको तीन दिनमै भिडियोले २० लाखभन्दा धेरै दर्शक पाएको छ । गीत युट्युबको ट्रेन्डिङमा पनि परेको छ । अन्य सामाजिक सन्जालहरुमा पनि यो गीतको चर्चा बढिरहेको छ । 

थपलियाको शब्दलाई राजनराज शिवाकोटी र स्मिता दाहालले स्वर दिएका छन् । गीतमा संगीत पनि राजन राज शिवाकोटीले नै गरेका हुन् । उदय राज पौडेलले एरेन्ज गरेको गीतको म्युजिक भिडियो सरोज ओलीले निर्देशन गरेका हुन् । 

भिडियाे:





  • प्रकाशित मिति : साउन २५, २०७६ शनिबार २१:२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया