एजेन्सी– पछिल्लो समय भारतले आफ्नो संविधानको अनुच्छेद ३७० हटाएपछि जम्मुकश्मिरमा तनाव बढिरहेको छ । त्यसो त भारतीय प्रधानमन्त्रीले यो कदम कश्मिरका लागि गरेको बताएका थिए । उनले आफ्नो सम्बोधनमा फिल्मी क्षेत्रलाई पनि समेटेका थिए ।
उनले धेरै जनालाई फिल्मको सुटिङ जम्मुकश्मिरमा जारी राख्न अनुरोध गरेका थिए । ‘अब कश्मिरको अवस्था सामान्य भइसकेको छ, फिल्महरुको सुटिङ सुरु गर्दा हुन्छ,’ उनले भनेका थिए, ‘प्रत्येक फिल्मले कश्मिरका जनतालाई रोजगारको अवसर हुनेछ ।’
तर, वास्तविकता उनले भनेजस्तो छैन । पछिल्लो समय जम्मु कश्मिरमा सबै फिल्महरुको सुटिङ रोकिएको छ ।
‘अहिले त्यहाँ सुटिङ गर्नु सुरक्षित छैन,’ निर्देशक महेश भट्टले भनेका छन्, ‘बरु यसअघि गर्ने भनिएका फिल्मको सुटिङ पनि रोकिनेछ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।