भक्तपुरमा एउटा बसले अरु तीन बसलाई ठक्कर दिँदा १६ घाइते

भक्तपुर– भक्तपुरमा आइतबार विहान भयानक दुर्घटना भएको छ । एउटै बसले अरु तीन बसलाई ठक्कर दिँदा १६ जना घाइते भएका छन् । 

काठमाडौंबाट सिन्धुली जाँदै गरेको बसले अरु तीन बसलाई ठक्कर दिएको हो । प्रहरीले दुर्घटनामा घाइते भएकालाई उपचारका लागि नागरिक अस्पताल र मध्यपुर अस्पताल पुर्याइएको जनाएको छ । 

सबै घाइतेको अवस्था सामान्य छ । बसले अचानक नियन्त्रण गुमाउँदा अरु तीन बसलाई ठक्कर दिएको थियो । प्रहरीले चारै वटै बस र चालकलाई नियन्त्रणमा लिएको छ ।
 





  • प्रकाशित मिति : साउन २६, २०७६ आइतबार १४:२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया