माेटरसाइकलकाे ठक्करबाट पैदलयात्रीकाे मृत्यु

गुल्मीमा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाकाे ज्यान गएको छ । चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरमा मोटरसाइकलको ठक्करबाट ४५ वर्षीय चित्रबहादुर सार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताए ।

शान्तिपुरबाट हरेवातर्फ जाँँदै गरेको लु १९ प ८२७३ नम्बरको मोटरसाइकलले ठक्करबाट सार्की घाइते भएका थिए । घाइते सार्कीलाई उपचारको लागि शान्तिपुर उप–स्वस्थ्य चौकी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको घलेले बताए । 

ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकल चालक पनि सामान्य घाइते भएका छन् । उनको पाल्पामा सामान्य उपचारपछि जिल्ला प्रहरी कार्यालय गुल्मीमा ल्याउन लागिएको प्रहरीले जनाएको छ।





  • प्रकाशित मिति : साउन २६, २०७६ आइतबार १४:३०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया