स्टार होटलमा सय दिन मस्ती, २६ लाख बिल देखेपछि गायब !

एजेन्सी– यो दुनियाँमा मानिसहरु पनि बढो विचित्रका हुन्छन् । समाचारको हेडिङ पढेर तपाईंले यो अनुमान लगाउनु भयो होला यो के विषयको समाचार हो भन्ने । 

हो, भारतको हैदराबादको एक स्टार होटलमा एक व्यक्तिले सय दिनसम्म बसेर मस्ती गरे । तर, अन्तिममा जब उनको बिल १२ लाख ३४ हजार भारतीय रुपैयाँ आयो, उनी बिल नतिरी होटलबाट गायब भए । 

प्रहरीले यो घटना ताज बंजारा नामको होटलमा भएको र त्यहाँको व्यवस्थापनले उजुरी दिइसकेको बताएको छ । यस्तो गर्ने व्यक्ति व्यापारी शंकर नारायण भएको प्रहरीले जनाएको छ ।

होटलको व्यवस्थापनले भनेअनुसार यी व्यक्ति १०२ दिन होटलको लक्जरी सुइट कोठामा बसेका थिए । उनको कूल बिल चाहिँ २६ लाख रुपैया उठेको थियो । उनले १३ लाख चाहिँ होटललाई बुझाएछन् । र, त्यसपछि त्यहाँबाट फरार भएछन् ।

उनी बारम्बार सम्पर्क गर्ने प्रयास गर्दा पनि नआएपछि प्रहरीलाई उजुरी दिइयो । प्रहरीलाई चाहिँ ती व्यक्तिले आफूले पूरै रकम उपलब्ध गराएको बताएका छन् । यस विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
 





  • प्रकाशित मिति : साउन २६, २०७६ आइतबार १५:५०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया