केरलामा बाढी, ६७ भन्दा बढीको मृत्यु

एजेन्सी– गत वर्ष भीषण बाढीका कारण समस्याग्रस्त भएको केरलामा यस वर्ष पनि बाढीले जनजीवन अस्तव्यस्त पारेको छ । भारतीय सन्चारमाध्यममा आएको पछिल्लो समाचारअनुसार केरलामा ६७ जनाको बाढीका कारण मृत्यु भइसकेको छ । 

उत्तरी केरलाको कोझीकोड, वायनाड, मलप्पुरमलगायतका क्षेत्रमा सबै निकै गम्भीर समस्या भएको छ । आइतबार साँझसम्म कम्तिमा पनि ६७ जनाको मृत्यु भएको छ । 

केरलाका मुख्यमन्त्री पिनाराई विजयनले दुई दिनमा आठ वटा जिल्लामा पहिरो गएको ८० वटा घटना भएको बताएका छन् ।

उता, बाढीका कारण त्यहाँका ४६ हजार ४ सय परिवारका १ लाख ६५ हजार मानिस प्रभावित भएका छन् । उनीहरु विभिन्न शिविरमा बस्न गएका छन् ।
 





  • प्रकाशित मिति : साउन २६, २०७६ आइतबार १९:३०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया