मिटू आरोप लागेका लव रन्जनले पाएनन् हिरोइन

एजेन्सी– बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोणले आफूलाई एउटा फिल्म झन्डै गरिसकेको सम्झौताबाट बाहिर निकालेकी छिन् । यो फिल्म लव रन्जनको फिल्म थियो । तर, लव रन्जनमाथि मिटू र यौन दुव्र्यवहारको आरोप लागेको भन्दै दीपिकाले यो फिल्म नगर्ने भएकी थिइन् । उनले यो फिल्म नगर्ने भएपछि तत्कालका लागि यो फिल्मको सुटिङ नै रोकिएको छ ।

लवको यो फिल्ममा अभिनेता रणबीर कपुर र अजय देवगनले काम गर्दै छन् । फिल्मको मुख्य नायिकाका लागि लवले फेरि अभिनेत्री खोज्न थालेका छन् । तर, उनीमाथि एकपटक आरोप लागिसकेकाले कोही पनि उनीसँग काम गर्न तयार छैनन् । 

यसअघि यो फिल्ममा जोडिने समाचार बाहिर आएपछि दीपिका पादुकोणका प्रशंसकले उनलाई फिल्ममा काम नगर्न अनुरोध गरेका थिए ।





  • प्रकाशित मिति : साउन २६, २०७६ आइतबार २०:१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया