सफलताको सूत्रः हतारमा नलिनू कुनै फैसला

काठमाडौं– हामीलाई कहिलेकांही कुनै विषयमाथि छिटो निर्णय गर्नु पर्ने हुनसक्छ । अझ भर्खर स्कुल वा कलेज सकेका छौँ भने हामीले छिटोभन्दा छिटो सफल हुनका लागि एउटा निर्णय लिन सक्छौँ । यो शिक्षासँग मात्र सम्बन्धित विषय होइन । हामीले अन्य विषयमा पनि यसरी छिटो फैसला लिइरहेका हुन सक्छौँ । 

तर, जो पनि मानिस सफल भएका छन् भने उनीहरुले कुनै पनि निर्णय हतारमा लिएका छैनन् । सफलताको दौडमा हतारमा निर्णय लिनेहरु हतारोको शिकार बन्न सक्छन् । 

हतारमा गरेका कतिपय निर्णयका कारण पछिसम्म पनि पछुताउनु पर्ने हुन्छ । त्यसैले मानिसले समय लिएर निर्णय लिनु पर्छ । यसका लागि आफ्नो क्षमता परख गर्न पनि सकिन्छ । 

फैसला लिनुभन्दा पहिले विभिन्न परिस्थितिको पनि आँकलन गर्नु पर्ने हुनसक्छ । फैसला वा कुनै निर्णयका कारण कोही व्यक्तिको जीवनमा ठूलो परिवर्तन आउन सक्छ । त्यसैले जीवनमा सफल हुन र लामो रेसमा सहभागि हुनका लागि तत्काल कुनै पनि विषयमा फैसला लिइहाल्नु हुँदैन ।





  • प्रकाशित मिति : साउन २६, २०७६ आइतबार २१:७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया