एजेन्सी– म्यान्चेस्टर युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोडमा भएको खेलमा चेल्सी स्तब्ध भएको छ । पहिलो खेलमा युनाइटेडले चेल्सीको पोस्टमा चार गोल हानेको छ । चेल्सीले एक गोल पनि फिर्ता गर्न सकेन ।
युनाइटेडका लागि मार्कुसले दुई गोल हाने । एन्थोनी मार्सियल र ड्यानियल जेम्सले १–१ गोल गरे ।
खेल सुरु भएको १८ मिनेटमा नै रास्फोर्डल गोल गरे र अग्रता दिलाए । पहिलो हाफमा योबाहेक अन्य गोल हुन सकेन ।
खेलको ६५ औं मिनेटमा एन्थोलीले गोल गरेपछि युनाइटेड झन् अगाडि भयो । त्यसपछि ६७ औं र ८१ औं मिनेटमा पनि युनाइटेडले गोल प्रहार गर्यो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।