Sun, 18 Aug, 2019


११ वर्षीया बालिका बलात्कारको आरोपमा काठमाडौं महानगरका कर्मचारी पक्राउ
फरकधार / साउन २७, २०७६

काठमाडौं– ११ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा काठमाडौं महानगरपालिकाका एक कर्मचारी पक्राउ परेका छन् ।



प्रहरीले ती कर्मचारीलाई आइतबार अनामनगरबाट पक्राउ गरेको जनाएको हो । प्रहरीले जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थपेर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

बालिकाका अभिभावकले ती व्यक्तिलाई चिनजानको मान्छे हो भनेर बेवास्ता गर्ने गरेको बताएका छन् ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्