जथाभावी पार्किङ गर्ने ३९ हजार सवारीसाधन कारबाहीमा

काठमाडौं– ट्राफिक प्रहरीले अनाधिकृत रुपमा फुटपाथ तथा सडकमा पार्किङ गर्ने ३८ हजार ८ सय ८६ सवारीसाधनलाई कारबाही गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५/०७६ मा जथाभावी रुपमा फुटपाथमा पार्किङ गर्ने उक्त सवारीसाधनलाई कारबाही गरेको हो । महाशाखाले आव २०७४/०७५ मा ३३ हजार ७ सय ३ सवारीसाधनलाई कारबाही गरेको थियो । 

महाशाखाले उपत्यकाको पुतलीसडक, दरबारमार्ग, लाजिम्पाट, न्युरोड, बानेश्वर, कोटेश्वर, सातदोबाटो, कलंकीलगायत फुटपाथ क्षेत्रमा अवैध रूपमा पार्किङ गर्ने सवारीसाधनलाई कारबाही गरेको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले ‘नो पार्किङ’ र फुटपाथमा पार्किङ गरेको सवारीसाधनलाई कारबाही गरिएको जानकारी दिए । 

महाशाखाले नो पार्किङ क्षेत्रमा पार्किङ गर्ने मोटरसाइकल तथा स्कुटरलाई नगर प्रहरीको सहायतामा बग्गीखानामा ल्याएर कारबाही गर्ने तथा ठूला सवारीसाधनलाई ‘ह्विल लक’ लगाउने गरेको छ ।

यातायात व्यवस्था विभागका अनुसार हाल देशभर झन्डै ३५ लाख तथा काठमाडौं उपत्यकामा मात्र १० लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा रहेका छन् । 





  • प्रकाशित मिति : साउन २७, २०७६ साेमबार १५:३९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया