गाडी खरिद गर्दा भएको अनियमितता छानबिनका लागि बिडारीको संयोजकत्वमा समिति गठन

काठमाडौं– संसदीय समितिका सभापतिका लागि गाडी खरिद गर्दा भएको अनियमितता छानबिनका लागि संघीय संसद्ले छानबिन समिति गठन गरेको छ । 

राष्ट्रिय सभाका संसद रामनारायण बिडारीको संयोजकत्वमा समिति गठन भएको हो । विडारी संयाेजक रहेकाे समितका सदस्यमा कृष्ण दाहाल, तारादेवी भट्ट, कृष्णभक्त पाेखरेल र भरत साह सदस्य छन् ।

संसद्का विभिन्न समिति गठनपछि समितिका अध्यक्षहरूको माग अनुसार संसदीय समितिले गाडी खरिद गरेको थियो । 

समितिका सभापतिहरूका लागि सद्दे गाडी हुँदाहुँदै नयाँ गाडी किनिएको भन्दै संसद् सचिवालयको चर्को आलोचना भएको थियो ।

सचिवालयले किनेका नयाँ गाडीमा विभिन्न समस्या देखिएपछि छानबिन समिति गठन गरिएको हो । 





  • प्रकाशित मिति : साउन २७, २०७६ साेमबार १६:३९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया