नेपाल स्टक एक्सचेन्जमा सामान्य सुधार

काठमाडौं– साताको दोस्रो दिन सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्जमा झिनो सुधार आएको छ । साेमबार नेप्से ०.१३ अंकले बढेर १ हजार २ सय  ३३.८५ अंकमा पुगेको छ  । नेप्से बढेको  दिन सेन्सेटिभ इन्डेक्स्ट पनि ०.१२ अंकले बढेर २ सय ६७.७२ अंकमा पुगेको हो । 

साेमबार बजारमा १ सय ७१ कम्पनीका १८ लाख २१ हजार ८२२ कित्ता सेयर ३१ करोड ४२ लाख २८ हजार ९२१ रुपैयाँमा कारोबार भयो । नेप्सेमा सुधार आएको दिन बजारमा १२ वटा समूहगत उपसूचकमध्ये ७ समूह उकालो लागेका छन् भने बाँकी ५ समूह ओरालो लागे ।  होटल समूह सर्वाधिक २०.५९ अंकले उकालो लाग्यो भने निर्जीवन बिमा समूह सर्वाधिक ३४.३२ अंकले ओरालो लाग्यो । 

साेमबार रसुवागढी हाइड्राे पावरको कारोबार सबैभन्दा धेरै भयो । यस दिन कम्पनीको सेयर २ करोड ५९ लाख ३ हजार ४ सय रुपैयाँमा कारोबार भएको हो । नाडेप लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाए । कम्पनीको सेयर ९.८९ प्रतिशतले बढेको हो । त्यसैगरी, विशाल बजार कम्पनीका लगानीकर्ताले सर्वाधिक ५.२६ प्रतिशत सेयर मूल्य गुमाए । 





  • प्रकाशित मिति : साउन २७, २०७६ साेमबार १७:४४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया