जुम्बा: फिटनेस मन्त्र

फिट हुने चाहना सबैमा हुन्छ । तर, कामको चापका कारण धेरैले आफ्नो स्वास्थ्यका लागि चाहेजति समय दिन सक्दैनन्, जसकारण व्यस्त दैनिकीसँगै रोग पनि बढ्छ । जति नै व्यस्त भए पनि आफ्नो स्वास्थ्यका लागि समय निकाल्न जरुरी छ । स्वास्थ्य रहनको लागि भोजन र सन्तुलित दैनिकीसँगै नियमित व्यायाम आवश्यक पर्छ । नियमित व्यायामका विभिन्न अवधारणामध्ये अहिले लोकप्रिय रहेको माध्यम हो, जुम्बा । रमाइलो तरिकाले विभिन्न चरणमा नाचेरै गरिने यो व्यायाम दिन–प्रतिदिन लोकप्रिय हुँदै छ ।

ध्यान दिनुपर्ने कुरा

  • नियमित जुम्बाले शरीरमा कुनै पनि किसिमको नकारात्मक असर गर्दैन ।
  • जुम्बा भन्नेबित्तिकै नाचेर गरिने व्यायाम हो । जसरी पनि नाचे हुन्छ भन्ने गलत बुझाइ पनि छ । तर, यो एउटा नियमभित्र रहेर गरिने अभ्यास हो । 
  • दैनिक एक घन्टा र तीन चरणमा गर्नुपर्छ । सुरुको १५ मिनेट वार्मअप, त्यसपछि ३० मिनेट डान्स स्टेप र अन्तिमको १५ मिनेट कुल डाउन गर्नुपर्छ । यसरी एक घन्टा जुम्बा गर्दा पाँच सयदेखि एक हजार क्यालोरी घटाउन सकिन्छ । 
  • जुम्बाअन्तर्गत बेसिक वानभित्र मेरेंगा, रेगाटन, साल्सा, कुम्बिया फर्मुला हुन्छ । यो फर्मुलामा रहेर फास्ट, स्लो, स्लो, फास्ट आवश्यकता अनुसार डान्स गर्नुपर्छ । हामी सेवाग्राहीको अवस्थाअनुसार जुम्बा गराउँछौँ । उहाँहरू जुम्बा गर्न आउनुअघिको स्वास्थ्य अवस्था बुझेर मात्रै सुरु गराउँछौँ । नाच्नका लागि नेपाली, हिन्दी गीत रोज्न सकिन्छ । 
  • नियमित जुम्बा गर्नाले तपाईंको दैनिकी, स्फूर्तिमा धेरै सकारात्मक परिवर्तन आउँछ । नियमित जुम्बा गर्नाले शारीरिक तथा मानसिक रूपमा स्फूर्ति बढ्नुको साथै सोचाइमा पनि सकारात्मक परिवर्तन आउँछ । हाम्रो लापरबाहीले स्वास्थ्यमा ठूलो समस्या ल्याउन सक्छ । त्यसैले समयमा नै स्वास्थ्यको महत्व बुझौँ ।




  • प्रकाशित मिति : साउन २७, २०७६ साेमबार २१:२३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया