भरतीय विदेशमन्त्री किन पुगे चीन ?

एजेन्सी– अहिले भारतका गृहमन्त्री एस जयशंकर चीनको तीन दिने भ्रमणमा छन् । यो भ्रमण किन महत्वपूर्ण मानिएको छ भने पछिल्लो समय कश्मिरको मुद्दामा भारत र पाकिस्तानबीच विवाद बढ्दै गएको छ । 

एस जयशंकरले सोमबार चीनका विदेशमन्त्री वाङ यीसँग भेटघाट गरेका छन् । चिनियाँ विदेशमन्त्रीसँग संयुक्त प्रेस वार्तामा भारतीय विदेशमन्त्री जयशंकरले भने, ‘भारत र चीनबीच केही विषयमा केही मतभेदहरु हुन सक्छन् तर त्यसले विवादको रुप लिनु हुँदैन ।’

उनले विश्वमा अनिश्चितताको स्थिति भएको समयमा भारत र चीनबीचको सम्बन्ध स्थिर हुनु पर्ने बताएका छन् । 

‘भारत र चीन आफ्नो सम्बन्धमा स्थिरता ल्याउनका लागि भएका मतभेदहरुको सही व्यवस्थापन हुनुपर्छ,’ उनले भने । 

त्यसो त यसअघि पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरैशी पनि चीनका विदेशमन्त्रीसँग भेटघाट गर्न चीन पुगेका थिए । त्यसपछि उनले दाबी गरेका थिए कि कश्मिर मुद्दामा चीनले पाकिस्तानको साथ दिँदै छ ।

‘हामी सबै देशको संप्रुभता तथा क्षेत्रीय अखण्डताको सम्मान गर्छौँ, विवादलाई वार्ताबाट समाधान गर्नुपर्छ,’ चिनियाँ विदेशमन्त्रीले भनेका छन् ।



यसअघि भारतले अनुच्छेद ३७० लाई निष्प्रभावी बनाएपछि चीनले आपत्ति जनाएको थियो । चीनले अहिले कश्मिरमा भएको समस्याबारे पनि चिन्ता प्रकट गरेको थियो । चीनको यस्तो प्रतिक्रिया आएपछि भारतले यो आफ्नो देशको मुद्दा भएको र यसमा अरु कसैले पनि बोल्नु नपर्ने अभिव्यक्ति दिएको थियो । 

नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि एस जयशंकरलाई विदेशमन्त्री मानेका छन् । र, जयशंकरको यो नै पहिलो विदेश भ्रमण हो । 



  • प्रकाशित मिति : साउन २८, २०७६ मंगलबार ९:५१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया