श्रीदेवीको जन्मदिनः छोरीको शुभकामना, अझै उठ्छ मृत्युबारे आशंका

एजेन्सी– बलिउड अभिनेत्री श्रीदेवीको निधन भएको केही समय भइसकेको छ । तर, उनको सम्झना बलिउडमा बारम्बार हुँदै आएको छ । जब उनको निधनको खबर आएको थियो, उनका प्रशंसक गहिरो शोकमा डुबेका थिए । 

आज श्रीदेवीको जन्मदिनको अवसरमा पनि भारतीय सामाजिक सन्जाल प्रयोगकर्ताले उनलाई सम्झिरहेका छन् । उनी छोरी जान्हवीले आफ्नी आमाको जन्मदिनको अवसरमा एउटा निकै राम्रो फोटो सामाजिक सन्जालमा पोस्ट गर्दै शुभकामना दिएकी छिन् । 

जान्हवीले लेखेकी छिन्, ‘ह्याप्पी बर्थ डे मम्मा, आइ लभ यु ।’

तर, अर्कोतिर दुबईमा भएको श्रीदेवीको मृत्यु कतै हत्या त होइन भन्नेबारे अहिलेसम्म पनि विभिन्न आशंकाहरु उत्पन्न हुने गरेका छन् । 






  • प्रकाशित मिति : साउन २८, २०७६ मंगलबार १०:६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया