सन्दीपले पाए अमेरिकाको भिसा

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । यसअघि दूतावासले उनलाई भिसा दिन अस्वीकार गरेको थियो । 

भिसा नपाएपछि सन्दीपले प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीलाई मेन्सन गर्दै ट्विट गरेका थिए । उनले ट्विट गरेको ४ घन्टापछि दूतावासले उनलाई फेरि बोलाएर भिसा दिएको हो ।

अमेरिकी दूतावासले भिसासम्बन्धी निर्णय रिभ्यु गर्न भन्दै क्रिकेटर लामिछानेलाई बिहान ११ बजे बोलाएको थियो । रिभ्युपछि आफूलाई भिसा दिएको उनले जानकारी गराएका छन् । दूतावासबाट भिसा पाएपछि लामिछानेले धन्यवाद दिएका छन् । 

सन्दीप सन् १०१९ को सेप्टेम्बर ४ देखि सुरु हुने क्यारेबियन प्रिमियर लिग खेल्न जानका लागि दूतावासमा भिसा आवेदन दिएका थिए ।






  • प्रकाशित मिति : साउन २८, २०७६ मंगलबार १५:३४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया