सुनको मूल्यमा नयाँ रेकर्डः प्रतितोला ७१ हजार

काठमाडौं– सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । मंगलबार सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको छ । 

प्रतितोला ७० हजार रुपैयाँमा पुगेर रोकिएको सुनको मूल्य मंगलबार एक हजारले बढेर ७१ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएका्े छ । 

छापावाला सुनको मूल्य अहिलेसम्मकै सबभन्दा बढी कायम भएको हो । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार ७ सय पुगेको छ ।

सुनमा एकै दिन एक हजार रुपैयाँ वृद्धि हुँदा चाँदीको मूल्यमा प्रतितोला १० रुपैयाँ बढेको छ । सोमबार चाँदी प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भएको थियो भने  मंगलबार ८ सय ३५ मा कारोबार भएको छ ।  

अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर घटाएको र अमेरिका र चीनबीचको व्यापार युद्ध जारी रहेका कारण सुनको मूल्य बढेको मानिएको छ । 





  • प्रकाशित मिति : साउन २८, २०७६ मंगलबार १७:१४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया