पाकिस्तानी पूर्वराष्ट्रपतिले इदमा नमाज पढ्न पाएनन् !

इस्लामावाद– पाकिस्तान पिपल्स पार्टीका प्रमुख बिलावल भुट्टोले आफ्ना पिता पूर्वराष्ट्रपति आसिफ अली जर्दारीलाई इदको नमाज पढ्न नदिइएको बताएका छन् । पाकिस्तानी मिडियाका रिपोर्टअनुसार, जर्दारीपुत्र बिलावलले राजधानी स्लामावादमा पत्रकार सम्मेलन गरेर प्रशासनमाथि यस्तो आरोप लगाएका हुन् । 

पत्रकारहरुमाझ बिलावलले बताएअनुसार जर्दारीले इदको नमाज पढ्न जाने अनुमतिका लागि पहिलेदेखि नै निवेदन दिएका थिए । तर, प्रशासनले उनलाई अनुमति दिएन । 

‘निर्दयी’ सरकारले आफ्नी फुपू फरयाल तालपुरलाई पनि जानीबुझी इदकै मौकामा अस्पतालबाट उठाएर जेल पठाएको भन्दै उनले आक्रोश पोखे । आफ्नो परिवार सहिदको परिवार भएकाले इमरान सरकारको यस्तो हर्कतबाट नडराउने उनले बताए ।

बिलावल पाकिस्तानकी चर्चित नेत्री पूर्वप्रधानमन्त्री बेनेजिर भुट्टोका छोरा हुन् । बेनेजिर भुट्टोको १२ वर्षअघि रावलपिन्डीमा गोली हानी हत्या गरिएको थियो ।

भुट्टोको हत्यापछि उनको राजनीतिक विरासत पति जर्दारी र छोरा बिलावलले सम्हालेका थिए । सन् २००८ मा पाकिस्तानको राष्ट्रपति बनेका जर्दारी ५ वर्षे कार्यकाल पूरा गर्ने देशकै पहिलो निर्वाचित राष्ट्रपति हुन् । 

वर्तमान प्रधानमन्त्री इमरान खानका मुख्य प्रतिस्पर्धीमध्येका एक पूर्वराष्ट्रपति जर्दारी गत जेठमा सम्पत्ति सुद्धीकरणसम्बन्धी एक पुरानो मुद्दा ब्युँताइएपछि पक्राउ परेका थिए । उनी अहिले हिरासतमै छन् । 





  • प्रकाशित मिति : साउन २८, २०७६ मंगलबार २०:१३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया