२०२८ काे ओलम्पिकमा क्रिकेटले ठाउँ पाउला ?

लन्डन– सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने समर ओलम्पिकमा क्रिकेटलाई समावेश गर्ने प्रयास जारी छ ।

इंग्ल्यान्डका पूर्वकप्तान तथा मेरिलबोन क्रिकेट क्लब (एमसिसी) का अध्यक्ष माइक गेटिङले आइसिसीका अधिकारी मनु स्वाहनेलाई उद्धृत गर्दै २०२८ को ओलम्पिकमा क्रिकेटलाई समावेश गर्नेमा आइसिसी र ओलम्पिक कमिटी दुवै सकारात्मक रहेका बताएका छन् ।

यसका लागि प्रयत्न भइरहेको भन्दै उनले २०२८ को ओलम्पिकमा क्रिकेट खेल देख्न पाइनेमा आफू विश्वस्त रहेको बताएका छन् । उनी भन्छन्, ‘ओलम्पिक दुई सातासम्म चल्छ, त्यसैले मलाई लाग्दैन कि आइसिसीलाई यसमा कुनै समस्या हुनेछ ।’ 

यसअधि पनि क्रिकेटलाई ओलम्पिकमा समावेश गर्ने प्रयास नभएका होइनन् । सन् १९०० काे समर ओलम्पिकमा क्रिकेट खेल समावेश थियाे । पुरुष क्रिकेट मात्रै समावेश गरिएकाे त्याे सिजनमा इंग्लान्डले स्वर्णपदक जितेकाे थियाे । 

ओलम्पिकको सबा सय वर्ष लामो इतिहासमा क्रिकेटले ठाउँ पाएकाे याे नै पहिलाे र अन्तिमपटक हाे । बेलाबेलामा क्रिकेटलाई समावेश गर्नुपर्ने आवाज भने उठ्ने गरेका छन् । आशा गरौँ, अबका ओलम्पिकमा भने क्रिकेट देख्न पाइनेछ । 





  • प्रकाशित मिति : साउन २८, २०७६ मंगलबार २०:५५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया