मिका सिंह भारतमा प्रतिबन्धित !

एजेन्सी– पाकिस्तानी पूर्वराष्ट्रपति परवेज मुशर्रफका नातेदारकी छोरीको विवाहमा पर्फमेन्स दिन पुगेका भारतीय गायक मिका सिंह पछिल्लो समय निकै ठूलो आलोचना भइरहेको छ । यही आलोचनाबीच उनलाई भारतमा प्रतिबन्धसमेत लागेको छ । 

यो प्रतिबन्ध अल इन्डिया सिने वर्कस् एसोसियसनले लगाएको हो । यसलाई लिएर सिने वर्कस् एसोसियसनले एउटा विज्ञप्ति नै जारी गरेको छ । 

विज्ञप्तिमा उनीमाथि प्रतिबन्ध लगाइएको र यसलाई फिर्ता नलिने बताइएको छ । उनलाई फिल्म निर्माता कम्पनी, म्युजिक कम्पनी तथा अनलाइन म्युजिक प्रोभाइडरहरुले अब तुरुन्त बहष्किार गर्ने पनि बताइएको छ । 

सिके वर्कस् एसोसियसनका अध्यक्षले जारी गरेको विज्ञप्तिमा भारतमा मिका सिंहसँग कसैले पनि काम नगर्न पनि अनुरोध गरिएको छ । काम गरेमा उनीहरुले कानुनी बाटो अपनाउने विज्ञप्तिमा उल्लेख गरिएको छ । 

विज्ञप्तिमा मिका सिंहले देशको सम्मानमा आँच पुर्याएको बताइएको छ । 





  • प्रकाशित मिति : साउन २९, २०७६ बुधबार ९:४७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया