परराष्ट्रका कर्मचारीले पैसा खाएर भारत र नेपालबीचको दस्ताबेज लुकाएको नेपालको आरोप

काठमाडौं– पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले परराष्ट्र मन्त्रालयका कर्मचारीको नियत र मुलुकप्रतिको उत्तरदायित्वमाथि नै शंका व्यक्त गरेका छन् । परराष्ट्रका कर्मचारीले भारत र नेपालबीच सीमा सम्बन्धमा गरिएका पुराना दस्ताबेज लुकाएको उनको आरोप छ । 

बुधबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय समितिको बैठकमा बोल्दै नेकपाका वरिष्ठ नेता नेपालले सरकारका कर्मचारीबाट नै पुराना दस्ताबेज लुकाउने काम भएको दाबी गरे । नेता नेपालले शंकास्पद कर्मचारीमाथि निगरानी बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रसेवक कर्मचारीले अन्य देशको हितमा हुने गरी काम गर्नका लागि विभिन्न किसिमका सुविधा लिने गरेको सुन्नमा आएको नेपालको दाबी छ । उनले कैलाली घटनाबारे सर्वत्र चर्चा भइरहँदा पनि सरकार र सम्बन्धित निकायबाट सम्बोधन नहुँदा जिम्मेवार व्यक्ति र संस्थाको देशभक्तिमाथि नै शंका उत्पन्न भएको बताए । 





  • प्रकाशित मिति : साउन २९, २०७६ बुधबार १६:५१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया