साहित्यकार मदनमणि दीक्षितको निधन

काठमाडौ- वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन भएको छ । माधवी उपन्यासबाट मदन पुरस्कार जितेका दीक्षित ९७ वर्षका थिए । 

उनी केही समय यता बिरामी भइरहेका थिए । केही समयअघि नै उनलाई सुमेरु अस्पतालमा भर्ना गरिएकाे थियाे  । त्यहाँबाट डिस्चार्ज गरेर घर ल्याइएका दीक्षित बेहाेस भएपछि पुतलीसडकमा रहेकाे हिमाल अस्पताल पुर्याइएकाे थियाे । उनलाई मुटु, मिर्गाैला र श्वाशप्रश्वास सम्बन्धी समस्या थियाे । 

दीक्षितले नेपाली साहित्यका लागि विशिष्ट याेगदान दिएका छन् । उनले मदन पुरस्कार, साझा पुरस्कार, पद्यमश्री पुरस्कारलगायत विभिन्न पुरस्कार तथा सम्मान पनि पाएका छन् । 

दीक्षितकाे पत्रकारिता क्षेत्रमा पनि उल्लेख्य याेगदान छ । १९७९ फागुन ६ गते काठमाडौंको गौरीधारामा जन्मिएका दीक्षितका श्रीमती, तीन छोरा र एक छोरी छन् । परिवारका अनुसार मदनमणि दीक्षितको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।





  • प्रकाशित मिति : साउन ३०, २०७६ बिहीबार ८:१५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया