सम्पत्ति जाेड्नु पनि महान सामाजिक सेवा हो – मोदी

नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धनाढ्यहरुलाई शंकाको दृष्टिले हेर्न नहुने बताएका छन् ।

भारतको स्वतन्त्रता दिवसको अवसरमा आज दिल्लीस्थित लालकिल्लामा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले आफ्नो सम्पत्ति बढाउनुलाई ‘एक महान राष्ट्रिय सेवा’का रुपमा अर्थ्याए । 

‘धनीहरुलाई शंकाको नजरले हेर्नु हुँदैन,’ सम्बोधनका क्रममा मोदीले भने, ‘ती राष्ट्रका सम्पत्ति हुन्, उनीहरुलाई सम्मान दिनुपर्छ ।’ 

आफ्नो भनाइलाई प्रस्ट्याउँदै प्रधानमन्त्री मोदीले थपे, ‘सम्पत्ति बढाउनु एक महान राष्ट्रिय सेवा हो, सम्पत्ति बढे न त्यसको वितरण हुन सक्छ ।’ 

गतवर्ष मोदीले उद्योगपतिहरुले कारोबारका साथसाथै सामाजिक कार्य पनि गर्ने भएकाले उनीहरुलाई सम्मान गर्नुपर्ने बताएका थिए । 





  • प्रकाशित मिति : साउन ३०, २०७६ बिहीबार १७:७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया