चितवन– टेलिभिजनप्रस्तोता रवि लामिछानेसहित तीनजनालाई ५ दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत चितवनले अनुमति दिएको छ ।
प्रहरीले अदालतसँग १० दिनको समय माग गरेको भए पनि अदालतले ५ दिनको म्याद दिएको हो ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि प्रहरीले लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई काठमाडौंबाट पक्राउ गरेर चितवन लगेको थियो ।
प्रहरीले शुक्रबार उनीहरूलाई जिल्ला अदालत चितवनमा उपस्थित गराएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।