राष्ट्रिय सभा अध्यक्ष सवार हेलिकोप्टर आकस्मिक अवतरण

काठमाडौं– बागलुङको ढोरपाटनको एउटा कार्यक्रममा पुगेका राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना पोखरा फर्किने क्रममा सवार भएको हेलिकोप्टर रुकुममा आकस्मिक अवतरण गरिएको छ । 

ढोरपाटनबाट उडेको हेलिकोप्टर बुर्तिबाङको आकाश पुगेपछि मौसम खराब भएकाले रुकुमतर्फ डाइभर्ट गरिएको थियो । 

अध्यक्ष तिमिल्सिनाको सचिवालयले दिएको जानकारीअनुसार अहिले अध्यक्ष र हेलिकोप्टरमा सवार अन्य चार रुकुमकोटमा छन् । 

हेलिकोप्टरमा अध्यक्ष र पाइलटसहित चार जना सवार थिए । गण्डकी प्रदेशका भौतिक योजना तथा पूर्वाधारमन्त्री रामशरण बस्नेत र ढोरपाटनका मेयर देवकुमार नेपाली पनि हेलिकोप्टरमा सवार थिए ।





  • प्रकाशित मिति : साउन ३१, २०७६ शुक्रबार २०:५२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया