भारतीय क्रिकेट टिमको कोचमा रवि शास्त्रीकै निरन्तरता

एजेन्सी– भारतीय क्रिकेट टिमको कोचमा रवि शास्त्रीकै निरन्तरता हुने भएको छ । उनलाई कपिल देवको नेतृत्वमा बनेको तीन सदस्यी समितिले भारतीय क्रिकेट टिमको कोच चुनेको हो । यो समितिमा अंशुमान गायकवाड र शान्ता रंगास्वामी पनि थिए । 

रवि शास्त्रीलाई भारतीय टिमको कोच बनाउने विषयमा कपिल देवले न्युजिल्यान्डका माइक हेसन दोस्रो र अष्ट्र्ेलियाका टम मुडी तेस्रो स्थानमा रहेको पनि बताएका छन् । 

रवि शास्त्री सन् २०१७ को च्याम्पियन्स ट्रफी सकिएलगत्तै पहिलो पटक भारतीय टिमको कोचमा छानिएका थिए । उनको समयमा भारत अहिले टेस्ट तथा एक दिवशीय र्याङ्किङमा पहिलो नम्बरमा पुगेको छ । 

रविको कार्यकालमा भारतले ६० एक दिवशीय, २१ टेस्ट तथा ३६ वटा टि २० खेल खेलेको छ । 





  • प्रकाशित मिति : साउन ३१, २०७६ शुक्रबार २१:११:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया