लङ्गुरसँग योग !

एजेन्सी– पछिल्लो समय विश्वमा नै योगको लोकिप्रयता बढ्दै गएको छ । र, योगबारे विभिन्न परिवर्तनहरु पनि देखिन थालेका छन् । कतिपय ठाउँमा त योगका लागि विशेष प्रबन्धहरु पनि गर्न थालिएका छन् । यस्तै सिलसिलाको एउटा उदाहरण हो लन्डनको एउटा होटलले सुरु गरेको योग कक्षा । 

यो योगलाई होटलले लेमोगा नाम दिएको छ । र, उसको दाबी छ– यसले मानिसलाई तनावबाट धेरै पर लैजान्छ । किनकि यो योगमा लङ्गुरहरु पनि त्यही ठाउँमा हुन्छन् ।

योगको समयमा लङ्गुर देख्दा मानिसहरुलाई योग गर्न प्रेरणा मिल्ने होटलको दाबी छ । मानिसहरुले योग गर्न सुरु गरेपछि लङ्गुरले पनि त्यसको सिको गर्ने भएकाले यस्तो हुने बताइएको छ । 





  • प्रकाशित मिति : साउन ३१, २०७६ शुक्रबार २२:१६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया