एपेन्डिक्स हुँदा यस्ता लक्षण देखिन्छन्

एजेन्सी– सामान्यतः पेट दुख्दा खासै केही होइन भनेर हामी बेवास्ता गर्न सक्छौँ । तर, यस्तो गर्नु खतरा हुन सक्छ । किनकि यस्तै सामान्य पेट दुख्दादुख्दै पछि एपेन्डिक्स समेत हुनसक्छ । 

 

एपेन्डिक्सका लक्षण के हुन् र कसरी चिन्ने ?

पातलो र छोटो ट्युबजस्तै देखिने एपेन्डिक्स हाम्रो शरीरको एक अंग हो । दुई देखि तीन इन्च लामो एपेन्डिक्समा दुइटा भाग हुन्छन् । एउटा खुला, अर्को बन्द । खुला भागबाट केही खानेकुरा छिरेमा त्यो एपेन्डिक्समै अड्किरहन्छ । र, एपेन्डिक्समा इन्फेक्सन हुन थाल्छ । यसले पेटको दुखाइ सुरु हुन्छ । 

 

फरक फरक ठाउँमा पेट दुख्नु



हुन त पेटको तल्लो भाग अन्य कारणले पनि दुखेको हुनसक्छ, तर एपेन्डिक्समा समस्या देखिएको हो भने यो दुखाई विभिन्न ठाउँमा हुन्छ । तीव्र गतिमा बढ्ने यो दुखाइ केही घन्टामा सहनै नसकिने खालको हुन्छ । 

 



पेटमा ग्यास बढी भरिनु

सामान्यतः दाल, राजमा, ब्रोकाउली या गोभी वा डेरीबाट उत्पादित वस्तुहरुको प्रयोगले पेटमा ग्यास भरिन्छ । तर, पेटमा ग्यास भरिएसँगै लामो समयसम्म लगातार दुखिरहेमा एपेन्डिक्समा समस्या भएको हुनसक्छ । 

 

वान्ता वा रिंगटा लानु 

यदि कुनै व्यक्तिलाई एपेन्डिक्सको समस्या छ भने उसमा पक्कै पनि पेटको अत्यधिक दुखाइका साथसाथै वान्ता र रिंगटा लाग्ने समस्या पनि सुरु हुन्छ ।  

 

शारीरिक गतिविधिमा समस्या

एपेन्डिक्सको दुखाइ एकछिनमा ठिक हुँदैन । एपेन्डिक्समा समस्या भएमा दुखाइ लामो समयसम्म रहन्छ । सानातिना काम गर्दा होस् या खोक्दा वा हाछ्युँ गर्दा पेट दुख्छ । 

  • प्रकाशित मिति : साउन ३१, २०७६ शुक्रबार २१:४२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया