मिसन मंगलका लागि अक्षयले सल्लाह लिएका थिए सय वैज्ञानिकसँग

एजेन्सी– बलिउड अभिनेता अक्षय कुमारको फिल्म मिसन मंगल भारतको पहिला वास्तविक कथामा आधारित रहेको अन्तरिक्षसम्बन्धी फिल्म हो । हलिउडमा यस्ता फिल्म बनाउने हो भने ८ सय करोडभन्दा धेरै खर्च हुने गरेको छ । ग्य्राभिटी नामको फिल्मका लागि हलिउडमा १ सय मिलियन अमेरिकी डलर खर्च गरिएको थियो । 

तर, भारतमा बनाइएको मिसन मंगल चाहिँ सय करोड भारतीय रुपैयाँभन्दा कम खर्चमा बनाइएको हो । यो फिल्ममा अक्षय कुमारले ३२ करोड भारतीय रुपैयाँ लगानी गरेका छन् । 

फिल्मले पहिलो दिनमा नै निकै राम्रो व्यापार पनि गर्यो । यो वर्ष पहिलो दिन धेरै कमाउने फिल्ममध्ये एक बन्यो, मिसन मंगल । 

यो फिल्मका निर्देशक जगन शक्ति पनि एक वैज्ञानिक हुन् । उनले फिल्म बनाउन निकै धेरै अध्ययन गरिएको प्रतिक्रिया दिन थालेका छन् । उनले भनेका छन्, ‘यो फिल्मका लागि हामीले सयभन्दा धेरै वैज्ञानिकसँग कुरा गरेका थियौँ, उनीहरुको सल्लाहअनुसार हामीले स्क्रिप्टमा धेरै फेरबदल पनि गरेका थियौँ ।’





  • प्रकाशित मिति : साउन ३२, २०७६ शनिबार ११:२३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया