सुन्धारामा रहेको होटेलको चौथो तलाबाट हामफालेर एक महिलाद्वारा आत्महत्या

काठमाडौ‌ं– सुन्धारामा रहेको नागराज होटेलको चौथो तलाबाट हामफालेर शनिबार बिहान एक महिलाले आत्महत्या गरेकी छन् । 

केही दिनदेखि उक्त होटलमा सासु–ससुरासँग बस्दै आएकी तनहुँ स्थायी घर भएकी ३८ वर्षीया दिलमाया गुरुङले हामफालेर आत्महत्या गरेकी हुन् ।  

महानगरीय प्रहरी परिसर काठमाडौंले दिएको जानकारीअनुसार गुरुङले बिहान करिब साढे ८ बजेतिर हामफालेर आत्महत्या गरेकी थिइन् । 

मृतकका श्रीमान् भारतीय आर्मीमा कार्यरत रहेको बुझिएको छ । 





  • प्रकाशित मिति : साउन ३२, २०७६ शनिबार १४:५३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया