रणहारलाई मदन पुरस्कार, वैरागी काइँलालाई जगदम्बा श्री
जगदम्बा श्री पुरस्कार पाएका वैरागी काइँला ।

काठमाडौं– यस वर्षको मदन पुरस्कार योगेश राजको पुस्तक रणहारले दिने मदन पुरस्कार गुठीले घोषणा गरेको छ । 

मदन पुरस्कारका लागि सात उत्कृष्ट पुस्तकको सूची केहीअघि सार्वजनिक भएको थियो । गुठीलाई प्राप्त भएका २७५ पुस्तकमध्ये रणहारलाई पुरस्कार दिइएको गुठीले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

यस वर्षदेखि मदन पुरस्कार र जगदम्बा श्री पुरस्कारको राशी चार–चार लाख बनाइएको पनि गुठीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

त्यस्तै, तेस्रो आयाम साहित्यिक अभियानका प्रारम्भकर्तामध्येका एक कवि वैरागी काइँलालाई लिम्बु भाषा तथा मुन्धुम संस्कार र संस्कृतिको अध्ययन तथा अनुसन्धान तथा अभिलेखीकरण गरेर नेपाली वाङ्मयको समृद्धिमा उल्लेख्य योगदान पुर्याएको भन्दै गुठीले जगदम्बा श्री पुरस्कार दिने जनाएको छ । 





  • प्रकाशित मिति : भदौ १, २०७६ आइतबार १८:४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया