उत्तरी भारतमा भीषण वर्षा, उत्तराखण्डमा बाढीले २० घर बगाउँदा १८ जना बेपत्ता

नयाँ दिल्ली– भारतको उत्तराखण्डमा भारी वर्षासँगै आएको बाढीले २० घर बगाउँदा १८ जना बेपत्ता भएका छन् ।

अहिले पनि उत्तरी भारतका थुप्रै ठाउँमा भीषण वर्षा भइरहेको छ । नदीहरुमा पानीको सतह बढेका छन् । थुप्रै गाउँ डुबानमा परिसकेका छन् । त्यहाँको मौसम विभागले उत्तरी क्षेत्रमा अझै २४ घन्टा भारी वर्षा हुने चेतावनी दिएको छ । बितेको २४ घन्टामा उत्तराखण्डमा ९ जनाको ज्यान गइसकेको छ । 

उता, हिमाचल प्रदेशका ११ जिल्लामा भारी वर्षाको चेतावनीसँगै सिमला र कुल्लु जिल्लाका सबै शैक्षिक संस्था सोमबार बन्द गर्न निर्देशन दिइएको छ । दिल्ली र पन्जाबमा पनि डुबानले समस्या निम्त्याइरहेको छ । 

उता, दक्षिणी राज्य केरलमा बाढीले विध्वंश मच्चाइरहेको छ । केरलमा अहिलेसम्म बाढीबाट ११५ जनाको ज्यान गइसकेको छ । २७ जना बेपत्ता छन् । ९० हजार मानिस राहत शिविरमा शरण लिइरहेका छन् । 





  • प्रकाशित मिति : भदौ १, २०७६ आइतबार १९:२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया