माधवभन्दा झलनाथ वरिष्ठ

काठमाडौं– सत्तारुढ नेकपाका दुई वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालको वरीयतामा फेरबदल भएको छ । पार्टी सचिवालयको आज बसेको बैठकले झलनाथ खनाललाई माधवकुमार नेपालभन्दा माथिल्लो वरीयतामा राख्ने निर्णय गरेको हो ।

यसअघि माधव नेपाल तेस्रो र झलनाथ खनाल चौथो वरीयतामा थिए । अब झलनाथ तेस्रो र माधव चौथो वरीयतामा रहनेछन् । पहिलो र दोस्रो वरीयतामा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड छन् । 

एक वर्षअघि पार्टी एकीकरण भएदेखि नै झलनाथ खनालले आफूलाई तल्लो वरीयतामा राखिएकोमा आपत्ति जनाउँदै आएका थिए । आफू विदेशमा रहेका बेला एकता घोषणा गरिएको र आफू तेस्रो वरीयतामा रहनुपर्नेमा चौथोमा राखिएको भन्दै उनले सचिवालयमा लिखित उजुरी नै दिएका थिए ।

हिजोसम्म उनको उजुरीमाथि छलफल नै भएको थिएन । हिजोको बैठकमा उनले पुरानो असहमति दाहोर्याएपछि माधव नेपालले वरीयताक्रम सच्याउने हो भने पूर्वएमालेका ३ उपाध्यक्षलाई पनि सचिवालयमा ल्याउनुपर्ने बताएका थिए । आजको बैठकमा यो विषय औपचारिक रुपमा छलफलमा आएपछि यस्तो निर्णय भएको हो ।





  • प्रकाशित मिति : भदौ १, २०७६ आइतबार २०:५७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया