Mon, 09 Dec, 2019


चितवनको वाणिज्य बैंकमा आगलागी
फरकधार / भदौ २, २०७६

भरतपुर– चितवनको वाणिज्य बैंकमा आगलागी भएको छ । सोमबार विहानबाट वाणिज्य बैंकमा आगलागी भएको हो । 



भरतपुरको चौबिसकोठी रहेको बैंकमा आगो झन्डै दुई घन्टापछि नियन्त्रणमा आएको छ । बैंकको पहिलो तलाबाट आगो सुरु भएको चितवन प्रहरीले जनाएको छ । 

आगलागीको कारण अझै खुलेको छैन । तर, विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । 

आगलागीबाट के कति क्षति भयो भन्ने थाहा भएको छैन । 

यसअघि चितवनको लायन्स चोकमा रहेको लायन्स भवनमा पनि अगालागी भएको थियो ।  
 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्