नेप्से ७.२३ अंकले उकालो लाग्यो

काठमाडौं– साताको दोस्रो दिन सोमबार पुँजी बजारमापक नेप्से ७.२३ अंकले बढेको छ । सोमबार निर्जीवन बिमा समूहको उपसूचकबाहेक अन्य सबै समूहको उपसूचक बढेको छ । 

सोमबार सबैभन्दा बढी जीवन बिमा कम्पनी समूहको उपसूचक ४४.३२ अंकले बढेको छ । निर्जीवन बिमा कम्पनी समूहको उपसूचक २९.७८ अंकले घटेको छ । 

लघुवित्त कम्पनीको समूहको उपसूचक पनि २१.५१ अंकले बढ्न पुग्यो । वाणिज्य बैंक समूहको उपसूचक ७.३३ अंकले बढ्यो । विकास बैंक समूहको उपसूचक १३.४३ अंकले घटेको छ ।

धेरैजसो कम्पनीको सेयर मूल्य बढेकाले नेप्से बढेर १२२२.०६ अंकमा पुगेको छ । उक्त दिन ३८ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सिद्धार्थ बैंकको संस्थापक सेयर सबैभन्दा बढी दुई करोड ५८ लाख रुपैयाँबराबरको कारोबार भएको छ भने दोस्रोमा रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको आएको छ ।

रसुवागढीको दुई करोड १५ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । तेस्रोमा एनआइसी एसिया बैंकको सेयर रहेको छ । उक्त बैंकको एक करोड ७१ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।





  • प्रकाशित मिति : भदौ २, २०७६ साेमबार १६:३०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया