हाम्रो पार्टीले मात्रै जनताको भावना बुझेर काम गर्छ, अरु सबै पार्टी भ्रष्टाचारमा लिप्त छन्– माधव नेपाल

धनुषा– सत्तारुढ नेकपाका चौथो वरीयताका नेता माधवकुमार नेपालले आफ्नो पार्टीबाहेक अरु सबै पार्टी भ्रष्टाचारमा लिप्त भएको टिप्पणी गरेका छन् । 

सहिद रामवृक्ष यादवको २५औं पुण्यतिथिको अवसरमा आज धनुषामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘कम्युनिस्टबाहेक अरु पार्टी भ्रष्टाचारमा मात्रै लिप्त छन्, कम्युनिस्टबाहेक अरु कुनै पार्टी नै छैन जसले समाजका लागि, देशका लागि र जनताका लागि राम्रो काम गर्न सक्छ ।’

‘अन्य पार्टीका नेताहरू कुर्सीमा पुग्ने बित्तिकै सरकारी रकम कुम्ल्याउन सुरु गर्छन्,’ उनले थपे, ‘तर कम्युनिस्ट पार्टी नै यस्तो पार्टी हो, जो जनताको भावना अनुसार अगाडि बढ्ने गर्दछ, कम्युनिस्ट पार्टीका नेताहरू जनताको सेवक बनेर काम गर्ने गर्छन् ।’





  • प्रकाशित मिति : भदौ २, २०७६ साेमबार १९:५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया