'अधिकार मिचेर ल्याइएको' काठमाडौंको यातायात व्यवस्थापनसम्बन्धी विधेयक फिर्ता गर– कांग्रेस–राजपा

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र संसद्को तेस्रो ठूलो दल राजपा नेपालले काठमाडौंको यातायात व्यवस्थापन सम्बन्धी विधेयक फिर्ता गर्न माग गरेका छन् । 

राष्ट्रिय सभामा दर्ता भएको काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक २०७६ संघीयताको मर्मविपरीत रहेको भन्दै कांग्रेस सांसद राधेश्याम अधिकारी, सरिता प्रसाईं, जितेन्दनारायण देव, अनिता देवकोटा, धनकुमारी खतिवडा र राजपा सांसद वृषेशचन्द्र लालले विधेयक फिर्ता लिने प्रस्ताव दर्ता गरेका हुन् ।

प्रदेशभित्रको यातायातसम्बन्धी कानुन, नियम, नीति बनाउने प्रदेश संसद्को अधिकार मिचेर संघीय सरकारले विधेयक ल्याएको उनीहरुको तर्क छ । ‘नेपालको संविधानमा उल्लेखित संघको अधिकार क्षेत्रभन्दा बाहिर गई प्रदेशको अधिकार क्षेत्रभित्र हुनुपर्ने विषयमा कानुन बनाएकाले फिर्ता लिनुपर्ने’ कांग्रेस र राजपाको प्रस्तावमा उल्लेख छ ।

विधेयक राष्ट्रिय सभामा पेस भएकै दिन सत्तारुढ नेकपाका सांसदहरुले समेत अधिकार क्षेत्रबारे प्रश्न उठाएका थिए । तर, सत्तारुढ दलका सांसदको तर्फबाट कुनै संशोधन भने परेको छैन । 





  • प्रकाशित मिति : भदौ २, २०७६ साेमबार १९:२५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया