अरुण जेटलीको अवस्था 'नाजुक'

नयाँ दिल्ली– भारतीय पूर्व वित्त मन्त्री अरुण जेटलीको स्वास्थ्य अवस्था नाजुक भएको भारतीय मिडियाहरुले जनाएका छन् । श्वासप्रश्वासमा कठिनाइ भएपछि जेटली १० दिनअघि दिल्लीस्थित एम्स अस्पताल भर्ना भएका थिए । उनलाई ‘लाइफ सपोर्ट सिस्टम’मा राखिएको छ । 

अवस्था नाजुक बन्दै गएपछि नेताहरु उनलाई भेट्न अस्पताल जाने क्रम बाक्लिएको छ । गएको दुई दिनमा राष्ट्रपति रामनाथ कोविन्द, गृहमन्त्री अमित शाह, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, बसपा नेत्री मायावती लगायतले उनलाई भेटेका छन् । भाजपा वरिष्ठ नेता लालकृष्ण आडवाणीले पनि आज एम्स पुगेर जेटलीलाई भेटेका छन् । 

६६ वर्षे भाजपाका पाका नेता जेटली सफ्ट टिस्यु क्यान्सरसँग लडिरहेका छन् । एक वर्षअघि एम्समै उनको मिर्गौला प्रत्यारोपण पनि गरिएको थियो । 

संसदीय निर्वाचनमा हारका बाबजुद अघिल्लोपटकको मोदी सरकारमा वित्तमन्त्री भएका मोदीका विश्वास पात्र जेटलीले स्वास्थ्यकै कारण यसपटक मन्त्री बन्न अनिच्छा देखाएका थिए । उनले यसपटकको चुनाव पनि लडेका थिएनन् । 
 





  • प्रकाशित मिति : भदौ २, २०७६ साेमबार २०:१०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया