६ सयको साडीमा कंगना

एजेन्सी– बलिउड अभिनेत्री कंगना रनौट बारम्बार चर्चामा आइरहन्छिन् । पछिल्लो समय उनी चर्चामा उनका अभिव्यक्तिका कारण आइरहेकी छिन् । केहीअघि एक पत्रकारसँग झगडा गरेपछि कंगनालाई केही समय भारतीय मिडियाले प्रतिबन्ध पनि लगाए । 

तर, फेरि उनी चर्चामा आएकी छिन् । तर, यसपटक विवादित अभिव्यक्तिका कारण होइन । अहिले उनी साडीका कारण चर्चामा आएकी हुन् । उनले लगाएको साडी जम्मा ६ सय भारतीय रुपैयाँ पर्ने रहेछ । 

यो कुरा उनकै बहिनी रंगोलीले जानकारी दिएकी हुन् । त्यो पनि ट्विटरमा । त्यसो त केही समययता रंगोलीले दिदी कंगनालाई पूरै समर्थन गर्दै आएकी छिन् ।

रंगोलीले त अरुलाई पनि यस्तै साडी लगाउन अनुरोधसमेत गरेकी छिन् । उनले लेखेकी छिन्, ‘कृपया आफ्नो उत्पादनको समर्थन गर्नुहोस्, यस्तै साडी वा कपडा किन्नुहोस् कि इन्टरनेसनल ब्रान्डले यसलाई नलैजाओस् ।’





  • प्रकाशित मिति : भदौ ३, २०७६ मंगलबार ६:४८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया