मधुमेहका रोगीले चामलकाे भात खानु हानिकारक छ ?

डायबिटिज अर्थात्, मधुमेह एक गम्भीर समस्या हो । यो कुरा सबैलाई थाहा छ । डायबिटिजका रोगीले आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ । किनकि, खानामा भएको सामान्य गल्ती पनि बिरामीका लागि खतरनाक साबित हुन सक्छ । 

नेपालमा धेरैजसो घरमा अन्य खानेकुराभन्दा चामलको नै बढी प्रयोग गरिन्छ । तर, चामल सेवन मधुमेह रोगीका लागि हानिकारक हुन सक्छ ।

स्वस्थ्यविज्ञ भन्छन्, चामलमा भएको कार्बोहाइड्रेट र क्यालोरीले रगतमा सुगरको मात्रा बढाउन सहयोग गर्छ । 

ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार, जो मानिसले धेरै मात्रामा चामल सेवन गर्छन् उनीहरूमा डायबिटिज हुने खतरा बढी हुन्छ । विज्ञका अनुसार पहिलेदेखि नै डायबिटिज भएकाहरूका लागि भने चामलका खानेकुरादेखि साबधानी अपनाउनु आवश्यक छैन । तर, हप्ताको एक दिन कम खानु भने आवश्यक हुन्छ । 

हुन त मधुमेहका रोगी सबै किसिमका चामल खान सक्छन् । तर, ह्वाइट राइसको तुलनामा ब्राउन राइस स्वास्थ्यका लागि बढी फाइदाजनक छ ।

ब्राउन राइसमा ग्लाइसिमिक इंडेक्सको स्तर ६८ प्रतिशत हुन्छ, जबकि ह्वाइट राइसमा यसको मात्रा ७३ प्रतिशत हुन्छ ।



विज्ञका अनुसार मधुमेहका रोगीले जुन चिजमा ग्लाइसिमिक इन्डेक्सको स्तर ५५ प्रतिशतभन्दा कम छ, ती चिज मात्र सेवन गर्नुपर्दछ । यसबाट ब्लडमा सुगरको मात्रा धेरै बढ्दैन । जबकि, ७० प्रतिशतभन्दा धेरै ग्लाइसिमिक इन्डेक्स भएका खानेकुरा सुगररोगीका लागि खतरनाक साबित हुन सक्छ ।

त्यसैले विज्ञहरू सुगरका रोगीलाई ह्वाइट राइसको सट्टामाा ब्राउन राइस खान सल्लाह दिन्छन् । 
चामलको खानामा गाजर, प्याज, केराउ, साग–सब्जी मिलाएर खानु राम्रो हुन्छ । यसो गर्नाले चामलमा पोषणको मात्रा बढ्छ । विज्ञ भन्छन्, सुगरका बिरामीलाई कुन खानेकुरामा ब्लड सुगर बढाउने तत्व बढी हुन्छ भन्ने कुराको राम्रो जानकारी हुनु आवश्यक छ ।



  • प्रकाशित मिति : भदौ ३, २०७६ मंगलबार ८:१४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया