रवि लामिछानेको बचाउ गर्दै प्रमुख दलका नेतालाई ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ

काठमाडौं– फेसबुकमार्फत प्रमुख राजनीतिक दलका नेताहरूलाई काट्ने धम्की दिएको आरोपमा बाराका सागर क्षेत्री पक्राउ परेका छन् । क्षेत्रीले खुकुरी देखाउँदै प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई काट्छु भन्दै भिडियो बनाएर फेसबुकमा पोस्ट गरेका थिए । 

सोमबार बारामा पक्राउ परेका क्षेत्रीमाथि महानगरीय अपराध महाशाखाको टोली अनुसन्धान अगाडि बढाएको छ । पक्राउ परेका क्षेत्रीलाई काठमाडौं ल्याइएको छ । 

उनलाई साइबर अपराधमा मंगलबार म्याद थप गर्न लागिएको महानगरीय अपराध महाशाखाले जानकारी गराएको छ । क्षेत्रीले नुवाकोटका पत्रकार शालिकराम पुडासैनी हत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई फसाउन खोजेको भन्दै भिडियोमा अश्लील गाली गरेका थिए । 





  • प्रकाशित मिति : भदौ ३, २०७६ मंगलबार १६:२५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया