एभिसी सेन्ट्रल जोन भलिबलमा तीन खेल हुँदै

काठमाडौं– नेपाली भलिबलको इतिहासमा पहिलोपटक नेपालमै आयोजना भइरहेको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा मंगलबार तीन खेल हुँदै छ । 

ललितपुरको लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा हुने उक्त प्रतियोगिताअन्तर्गत पहिलो खेलमा समूह ‘बी’को बंगलादेश र सोही समूहको अफगानिस्तानबीच खेल हुनेछ । खेल ३ बजेपछि सुरु हुनेछ ।

हिजो भएको पहिले खेलमा ती दुवै टोली पराजित भएका थिए । अफगानिस्तान तुर्कमेनिस्तानसँग ३–१ को सेटमा पराजित भएको थियो भने बंगलादेश उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।

त्यस्तै, मंगलबार हुने दोस्रो खेलमा समूह ‘बी’मा नै रहेको तुर्कमेनिस्तान र उज्वेकिस्तानबीच हुनेछ । खेल ५ बजेपछि सुरु हुनेछ । प्रतियोगितामा दुवै टोली लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछन् ।

मंगलबार हुने तेस्रो तथा अन्तिम खेलमा समूह ‘ए’मा रहेको कीर्गिस्तान र माल्दिभ्सबीच खेल हुनेछ । खेल ७ बजेपछि हुनेछ । सोमबार भएको पहिलो खेलमा किर्गिस्तानले नेपाललाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।





  • प्रकाशित मिति : भदौ ३, २०७६ मंगलबार १७:५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया